Friday, January 14, 2011

कास्कीमा आमसञ्चार बहुद्धेश्यीय सहकारी संस्थाको गठन

आदर्श समाज पोखरा, २९ पुस।कास्कीका पत्रकारहरुको बिहीबार पोखरामा सम्पन्न भेलाले पत्रकार कृष्ण थापाको संयोजकत्वमा आमसञ्चार बहुद्धेश्यीय सहकारी संस्थाको सात सदस्यीय तदर्थ समिति गठन गरेको छ।
पत्रकारहरुको आर्थिक समृद्धि र सहकार्यलाई बलियो बनाउने उद्देश्यले भएको भेलाले सहकारीका अन्य सदस्यहरुमा सुष्मा पौडेल, सुदीपराज ढुङ्गना, सागरराज तिमिल्सिना, हुमबहादुर तमु, अनिल अधिकारी र डोलराज पोखरेललाई चयन गरेको छ। भेलापछि तदर्थ समितिको बिहीबार नै बसेको पहिलो बैठकले सहकारीको तदर्थ समितिको सहसंयोजकमा सुष्मा पौडेल, सचिवमा सुदीपराज ढुङ्गाना र कोषाध्यक्षमा सागरराज तिमिल्सिनालाई जिम्मेवारी दिने निर्णय गरेको छ।

यसैगरी संस्थाको विनियम बनाउन हुमबहादुर तमुको संयोजकत्वमा सुदीपराज ढुङ्गाना र सागरराज तिमिल्सिना रहेको समिति गठन गरेको छ भने नेपाल पत्रकार महासङ्घका पश्चिमाञ्चल संयोजक रबीन्द्र बाँस्तोला, महासङ्घका केन्द्रीय सदस्य पुण्य पौडेल, महासङ्घ कास्कीका अध्यक्ष नारायण कार्की, अग्रज पत्रकार बद्रीविनोद प्रतीक र केशव भण्डारीलाई सल्लाहकारमा चयन गरेको छ।
बैठकले संस्थाका संस्थापक शेयरधनीहरुले दश हजार रूपैयाँ बराबरको शेयर खरिद गर्ने र कस्केली पत्रकारहरुलाई शेयर खरिदका लागि आग्रह गर्ने निर्णय गरेको छ।
संयोजक कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पश्चिमाञ्चल संयोजक रबीन्द्र बाँस्तोला, महासङ्घका केन्द्रीय सदस्य पुण्य पौडेल, महासङ्घ कास्कीका अध्यक्ष नारायण कार्की, सचिव दीपेन्द्र श्रेष्ठ, पत्रकार नवराज सुवेदी, हुमबहादुर तमु, श्रीराम सिग्देल, शिरोमणि बराल, सुष्मा पौडेल, सुदीपराज ढुङ्गाना, विभु भुषाल, टङ्क गैरे, माधव रेग्मी, बिबि आलेलगायतले पत्रकारहरुका लागि सहकारी स्थापना हुन सकेमा पत्रकारहरुको आर्थिक पाटो समेत मजबुद हुने कुरामा जोड दिएका थिए।
यसैबीच आम पत्रकारहरुले सञ्चालनमा ल्याउन लागेको सहकारीको विकासको लागि पोखराको गैह्रापाटनस्थित सिद्धेश्वर मार्गमा रहेको पन्थी डेरीले निशुल्कः एउटा कोठा, एक थान इन्टरनेटसहितको कम्युटर, तीन थान कुर्ची र एक थान टेवल दिने घोषणा गरेको छ।

1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।