सहकारीमा दैनिक लाख भन्दा वढीको ब्यापार, रिचार्ज कार्ड मात्र साठी हजार भन्दा वढीको विक्री
एकिकृत नेकपा माओवादीको छैटौं विस्तारीत वैठक अवधमिा मात्र उपभोक्ता सहकारी संघ गोरखाले साडे सातलाख भन्दा बढी आम्दानी गरेको छ । गोरखा सदरमुकाम देखि दक्षण्िा भेगमा रहेको पालुङटारमा मंसिर ६ गते देखि १० गते सम्म चलेको माओवादी छैटौ विस्तारीत वैठकमा सहकारीले सुपथ मुल्य पसल संचालन गरेको थियो ।वैठक आसपासमा कालावजारीयाहरुकोे प्रवेस नहोस भनेर हामीले सहकारी सुपथ मुल्य पसल सुरु गरेका थियौ तर सहकारीले सोचे भन्दा बढी व्यपार गरेको वताउँछन् , उपभोक्ता सहकारी संघ गोरखाका अध्यक्ष ऋषिराज ढौराली । वैठक स्थल भित्रै सहकारी पसल संाचालन आए पछि वैठकमा सहभागी तथा स्थानिय जनताहरु सस्तोमा समान किन्न लाइन नै बस्नु पथ्र्यो । सहकारीले दैनिक उपभोग्य समानहरु जस्तै तेल, नुन,चिनी, चियापत्ती, मैदा, आँटा, चाउँचाउ, बिस्कुट, पानी , बदाम, केरा सुन्ताला, स्टेशनरी सामानहरु, रिचार्जकार्ड लगाएत वजारमा पाउने सवै सामान सहुलिएत दरमा विक्रिवितरण गरेको थियो । गोरखाको उत्तरी क्षेत्र आरखेत, मध्य क्षेत्रमा गोरखाबजार र दक्षिण क्षेत्रमा आँबुखैरेनी गरी ३ स्थानमा खाद्य डिपो पनि सञ्चालन गर्दै आईरहेको यो उपभोक्त सहकारी संथाले गोरखाको ६३ गाविसमा संचालित सुपथ मुल्य पसललाई पनि सहयोग गर्दै आएको छ ।
नेत्रावती वचत तथा ऋण सहकारी संस्थाका साधारण सभा
नेत्रावती वचत तथा ऋण सहकारी संस्थाको तेस्रो वाषिर्क साधारण सभा तथा दोस्रो अधिवेसन सम्पन भएको छ । त्रिपुरेश्वर गाउँ विकास समिति खहरे स्थित अचने उच्च माध्यामिक विद्यालयमा सम्पन्न साधारण सभामा साना किसान सहकारी संस्था त्रिपुरेश्वरका अध्यक्ष बाबुराम गौलीको प्रमुख आतिथ्य थियो । संस्थाका अध्यक्ष भुवन धरेलको सभापतित्व सम्पन्न साधारण सभामा संस्थाका सदस्यहरु सहित करिव सय जनाको सहभागिता रहेको थियो । साधारण सभाले भुवनप्रसाद धरेलको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति पनि चयन गरिएको बताइएको छ ।
मेडिकल कलेज स्थापनाका लागि लगानी गर्न आग्रह
नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले काठमाडौंमा मेडिकल कलेज स्थापना गर्ने भएको छ । मेडिकल कलेज स्थापनाका लाथि लगानी वृद्धि गर्न संस्थाले बुटवलमा उद्योगी, व्यापारी एवं बुद्धिजीवीहरूसंग छलफल गरेको छ । चारवर्षदेखि काठमाडौंको ठमेलमा मनमोहन मेमोरियल सामुदायिक अस्पताल सञ्चालन गरिरहेको संस्थाले मेडिकल कलेज स्थापनाका लागि काठमाडौंको स्वयम्भुमा २४ रोपनी जमिन खरीद गरिसकेको र शैक्षिक भवन र छात्रावास भवन निर्माणको लागि ७५ रोपनी जमिन थानकोटमा व्यवस्था गरेको जनाएको छ । बुटवलमा आयोजित छलफल कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले मेडिकल कलेजमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नु गर्नु भएको थियो । संस्थाले निकट भविश्ययमै पाँचवटै विकास क्षेत्रमा क्षेत्रीय अस्पताल बनाउने लक्ष्य लिएको जानकारी गराएको छ ।
1 comments:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
Post a Comment