Wednesday, January 5, 2011

उत्पादनमुलक सहकारी स्थापना गरी काम सुचारु सांच्चै नमूना बन्दैछ गोरखाको “नमूना उत्पादन केन्द्र”

ऋषीराम भट्टराई, गोरखा
गोरखामा एकिकृत नेकपा माओवादीले जिल्लामा पार्टिलाई आत्मनिर्भर बनाउन जिल्लाको ३ वटै क्षेत्रमा उत्पादनमुलक सहकारी स्थापना गरी काम सुचारु गरिरहेको छ । यसैविच क्षेत्र नं २ को खोप्लाङ र छोप्राक गा।वि।स।को सिमानामा पर्ने भुसुन्डे बेंसी फांटमा रहेको नमूना उत्पादन केन्द्र यतिखेर चर्चामा छ । रांगा पालन, माछा पालन, अन्न खेती, तरकारी खेती, बङगुर पालन लगायतका व्यवसाय रहेको भुसुण्डे बेंसीफांटमा उक्त उत्पादन केन्द्रले एक बर्षको रु ८०,००० जग्गा भाडा वापतको रकममात्र तिर्ने गर्दछ । यिनै उत्पादन मध्ये अहिले रांगा पालन फार्म विशेष चर्चा र चासोको विषय वनेको छ ।
निरन्तर २०० ओटा रांगा पाल्ने लक्ष्यका साथ यहि साउन २१ गते यस फार्ममा ६६ ओटा पाडा रांगा बारा जिल्लाको शिवपुरबाट करिब ५,००,००० नगद खर्चेर भुसुण्डे बेंसीको गोठमा पहिलो पटक ल्याईपुर्र्याईएको थियो । एकिकृत नेकपा माओवादीका दुई नम्बर क्षेत्रीय इन्चार्ज यान प्रसाद भट्ट ९सरोज० भन्छन् - “५,००० देखि १३,००० सम्म नगद तिरेर पहिलो लटमा ६६ पाडा रांगा बाराको शिवपुर हाटबाट ल्यायौं, अरु ३४ ओटा अर्डर गरिसकेका छौं त्यसमाथी थप पनि निकट भविष्यमा नै ल्याउने योजनमा छौं ।”
पाडा रांगा पाल्न भुसुण्डे बेंसी फांटमा छेपेटार बारपाक सडक नजिकै ७५ फीट लम्बाई र २४ फीट चौडाईको गोठ बनाईएको छ । बिहान ६ बजे तिनीहरुलाई दाना खुवाए पछि दरौंदी किनारको हरियो चउरमा चराउन हेरालु ९गोठाला० हरुले गोठमा लगाएको तगारो उघारिदिन्छन् त्यसपछि हुरुरु बाहिर निस्कने पाडारांगाको बथान रमाउंदै चउरमा चरिरहेको दृष्य सांच्चै मनमोहक देखिन्छ । बिहान ६ बजे फुकाईएका ति हुललाई ११ बजे ल्याएर गोठमा बांधिन्छ अनि दिउंसोको टन्टलापुर घाम छली सकेपछि वेलुकिपख पुनः फुकाएर दरौदी किनारको चउरमा छाडिन्छ र सांझ ६ बजे मात्र गोठमा फर्काईन्छ ।
पाडा रांगाका हेरालु ९गोठाला० का रूपमा भने एकिकृत नेकपा माओवादीका २ नं क्षेत्र इन्चार्ज यान प्रसाद भट्ट ९सरोज०, वाईसियलका केन्द्रिय सदस्य हरि बहादुर पाण्डे तथा नमूना उत्पादन केन्द्रका प्रमुख पुष्पराज दाहाल पालैपालो र वासिएलका जिल्ला सदस्यहरु तिर्थवहादुर मगर, प्रदिप तिवारी र गोषमान कुमाल नियमित खटिरहेका छन् । हेरालुहरु सामान्य कपडा हातमा छाता र लठ्ठी बोकेर पाडा रांगाको अघि पछि गर्दै दिनभरी रांगाको स्याहारमा खट्ने गर्दछन् ।
सानो आकार र कम तौलका पाडा रांगालाई बढाएर केही संख्या उन्न्नत जातको रांगाको ब्याडका रुपमा बेच्ने र अरुलाई मासु उपभोगको लागी बेच्ने योजना रहेको नमूना उत्पादन केन्द्रका प्रमुख पुष्पराज दाहाल वताउंछन् । बर्षभरि रांगो बेचेरमात्र १०,००,००० आम्दानी गर्ने उनिहरुको लक्ष्य छ । एकिकृत नेकपा माओवादीका दुई नं। क्षेत्रका ईन्चार्ज यानप्रसाद भट्टले उत्पादन केन्द्रको आम्दानीले पार्टि कार्यकर्तालाई लाग्ने खर्च व्यहोर्ने जानकारी दिदै पार्टिलाई आत्मनिर्भर तुल्याउन कार्यकर्ताहरू श्रममा जोडिनु आवश्यक रहेको बताउनु भयो ।
चबलनय उबलिभब दजगकबलमभब उजबत पय नययतजएकिकृत नेकपा माओवादीका दुई नं। क्षेत्रका सह ईन्चार्ज नारायण अधिकारी ९निश्चल० नमूना उत्पादन केन्द्रलाई नेपालकै नमूना उत्पादन केन्द्र बनाउने दावि गर्दै भन्नु हुन्छ, “हामी कसैलाई हेर्न भनेर यहां बोलाउदैनौं यो उत्पादन केन्द्र हेर्न भनेर ओईरिने अवस्था आफसेआफ बन्ने छ ।” यसको शुरुवातमै नजिकै चोरकाटेका स्थानिय कुमाल जातिका किसानहरुले उन्नत जातको पाडा रांगो ल्यादिनु भनेर अर्डर दिईसकेको उदाहरण दिंदै उहांले अगाडि भन्नुभयो, “केहिले यहिं देखेर माछा पालन पोखरी खनेर माछाको भुरा राख्ने सुरसार गरेका छन् भने कोहि किसानहरु उन्नत तरकारी खेति गर्न तम्सेका छन् ।” यहि क्रम यहां देखेर जिल्ला हुदै देश विदेशमा प्रचार हुने निश्चलको कथन छ ।
दरौंदीको बगरमा टन्टलापुर घाममा रांगा पाडा चराएको ताजा अनुभुति सुनाउदै वाईसिएल जिल्ला सदस्य हरिवादुर पाण्डे भन्छन्, “स्कुल पढ्दाखेरि छुट्टीको दिन गोठालो जांदा निन्द्रा लाग्थ्यो बस्तुभाउले गाउंलेको बाली नाली खाईदिन्थ्यो, त्यतिवेला अर्काको सराप खुवै खाईन्थ्यो, अहिले त निन्द्राले होईन, जनताको बालिनाली खाने डर र कर्तव्य बोधले वढि सताउंछ ।”
जिल्ला पशुसेवा कार्यालय गोरखाले यो फार्मलाई गोरखा जिल्लाकै ठूलो रांगा फार्म भएको हुनाले फार्ममै गएर प्रत्येक रांगालाई यहि भाद्र ३ गते भ्यागुते र चर्चरे रोगको ज्क् ±एत्त भ्याक्सिन लगाई सकेको छ भने ५ गते जुकाको औषधीपनि खुवाईसकेको छ । जिल्ला पशुसेवा कार्यालय गोरखाका बरिष्ठ प्राविधीक कपिल कट्टेलका अनुसार तराईबाट ल्याएका हुनाले डेढ महिना पछि पुनः जुकाको औषधी दिनुपर्ने र त्यस पछि चार-चार महिनाको फरकमा जुकाको औषधी दिनु पर्ने हुन्छ । यो फार्ममा अहिले ल्याईएका रांगाहरु उन्नत जातका भएकाले एक बर्ष भित्रमै ब्याडको लागि उपयुक्त हुने वताउंदै कट्टेलले किसानहरुको लागि रांगा सिफारिस गर्दा नमूना फार्ममा सिफारीस गरिने पनि बताउनु भयो । उता उत्पादन केन्द्रका सदस्य गोषमान कुमालका अनुसार स्थानिय किसानहरुले पनि ब्याडको लागि रांगा राखिदिनु भनेका छन् ।
गोरखाका तिन ओटै क्षेत्रका उत्पादन सहकारीलाई सरकारी नियम अनुसार दर्ता प्रकृयामा तत्कालै लैजाने सोचमा रहेको एकिकृत नेकपा माओवादीका तमुवान राज्य समितिका इन्चार्ज एवं एनेकपा माओवादी गोरखा जिल्ला ईन्चार्ज कृष्ण धिताल ९विजय०ले जानकारी दिनु भएको छ । यस्तै माओवादीकै सहकारी विभाग, गोरखाका प्रमुख खोपवहादुर कंडेलले उत्पादन, उपभोक्ता र बचत सहकारीलाई वास्तविक गरिब जनताको घर दैलोमा सेवा पुर्र्याउन माओवादीका सहकारी संगठनहरु अघि बढिरहेको बताउनु भयो ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।