हिमाल जोशी
बझाङ, पुस २९ - बिकट गाउँहरूमा सहकारी सञ्चालनमा आएपछि सानो आर्थिक समस्या पर्दा साहुको घरदैलो चाहार्नुपर्ने अवस्थाको अन्त्य भएको छ । फाइदा हुने बुझेपछि अहिले हरेक गाउँमा सहकारी स्थापना गर्ने होडबाजी सुरु भएको छ । यहाँका प्रायः घरको उत्पादनले तीन महिना पनि खान पुग्दैन । रोजगारीका लागि भारत जानसमेत स्थानीय साहुसँग चर्को ब्याजमा ऋण लिनुपर्ने बाध्यता छ ।
'हिजोआज गााउँगााउँमा सहकारी स्थापना भएपछि सस्तो ब्याजमा भनेकै बेला रुपैयाँ पाइन थालेको छ,' मस्टा गाविसका हर्क बोहोराले भने । उनका अनुसार सहकारी स्थापना हुनुअघि रोजगारीका लागि भारत जान, घरमा कोही बिरामी पर्दा उपचार गर्न, स्कुल पढाउनसमेत साहुको घर धाउनुपथ्र्यो । 'तैपनि भने जति रकम पाइँदैनथ्यो,' उनले भने, 'कतिले पैसा अभावमा उपचार नपाई अकालमै ज्यानसमेत गुमाउनुपथ्र्यो ।'
गाउँमा सञ्चालित सहकारीले वाषिर्क ८ देखि १३ प्रतिशत मात्र ब्याज लिने गरेका छन् । यो साहुले लिने ब्याजको तुलनामा निकै सस्तो हो । साहुले लिने ब्याजको सीमा नै
छैन । 'उनीहरू १ सय रुपैयाँको मासिक ५ रुपैयाँभन्दा बढी ब्याज लिने गर्छन्,' मस्टा-८ का चटक धामीले भने, 'निकै समस्या परे साहुसँग भनेजति ब्याज तिरेर पैसा लिनुपर्ने बाध्यता थियो ।'
सहकारीले विद्यार्थीका लागि सामान्य पढाइ खर्च र बालबालिकाका लागि ३ हजारसम्म उपचार खर्चमा ब्याज लिने गरेका छैनन् । रिलु गाविसमा २०५७ सालमा २५ जना सदस्य रहेको समूहबाट सुरु गरेको मालिका बचत तथा ऋण सहकारी संस्थामा हाल २ सय २२ सदस्य पुगेका छन् । प्रत्येक सदस्यबाट मासिक ५ रुपैयाँ बचत गरी स्थापना गरिएको सहकारीमा हाल झन्डै १० लाख रुपैयाँ जम्मा भएको सहकारीका अध्यक्ष डबल जेठाराले जानकारी दिए । गाउँलेले सहकारीबाट ऋण लिएर कुखुरा पालन, पसल, बाख्रा पालनजस्ता आयमूलक काम गरिरहेका छन् ।
'पहिले अलिकति पैसा चाहिए पनि साहुकहाँ माग्न जान्थ्यौं, हिजोआज आफ्नै सहकारी छ । चाहिएका बेला सजिलै पैसा निकाल्छौं,' मस्टा गाविसकी ६० वषर्ीया रामकला धामीले खुसी हुँदै भनिन््, 'अब साहु रिसाउन थालेका छन् ।' आफूजस्तै जिल्लाका धेरै गरिबका लागि सहकारी बरदान नै बनेको उनी बताउँछिन् ।
अहिले जिल्लाका सबै गाविसमा एकै वडामा दुई/दुई वटासम्म बचत समूह गठन भएका छन् । गठन भएका यी सबै समूहको लक्ष्य सहकारी बनाउने रहेको स्थानीय बासिन्दा बताउँछन् । जिल्लामा बचत सहकारी मात्र १६ वटा रहेका छन् । उपभोक्ता सहकारी, बहुउद्देश्यीय सहकारी, साना किसान सहकारी, विद्युत् सहकारी गरी ७० भन्दा बढी संस्था गठन भइसकेको बचत सहकारी कार्यक्रमका जिल्ला संयोजक कलक खत्रीले जानकारी दिए । उनले गाउँलेहरूले सहकारी बनाउनकै लागि कम्तीमा एक वडामा एक समूह गठन गरेको बताए ।
प्रकाशित मिति: २०६७ माघ ekantipur

1 comments:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
Post a Comment