धादिङ असार २६ ।  मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीका पोलिटव्यूरो सदस्य एवम् मध्यमाञ्चल व्यूरो ईञ्चार्ज हितमान शाक्यले आफूहरुले नेपालमा नयाँ जनवादी क्रान्ति गर्ने बताउनुभएको छ । जिल्ला पार्टी कार्यालयको आज धादिङबेसीमा उद्घाटन गर्दै शाक्यले नयाँ जनवादी क्रान्तिको लागि तयारी भैरहेको दावी गर्नुभयो । सर्वहारा वर्गको दायित्व र अभिभारा आफूहरुको काँधमा आएको भन्दै उहाँले त्यसलाई पूरा गरिछाड्ने प्रतिवद्धता जनाउनुभएको छ ।  पार्टीका जिल्ला सह–ईञ्चार्ज हरि अधिकारी आशिषको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शाक्य सहित ताम्सालिङ राज्य समिति ईञ्चार्ज सूर्य सुवेदी ‘पथिक’, सचिव अनिलशर्मा विरही, नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारी, नेकपा एमालेका जिल्ला अध्यक्ष गुरुप्रसाद बुर्लाकोटी लगायतको आतिथ्य रहेको थियो । एकीकृत नेकपा माओवादीबाट अलग्गिएर नयाँ पार्टी गठन गरेपछि धादिङबेसी बीचबजारमा स्थापना गरेको पार्टी कार्यालयको आज औपचारिक उद्घाटन गरिएको हो । यसैबीच पार्टीका जिल्ला ईञ्चार्ज शेरबहादुर भण्डारी ‘ज्योति’को अध्यक्षतामा आजै आन्तरिक राजनैतिक प्रशिक्षण कार्यक्रम समेत सम्पन्न भएको नवगठीत नेकपा माओवदीका जिल्ला सह–ईञ्चार्ज हरि अधिकारीले जानकारी दिनुभएको छ ।
 
 
 
 












1 comments:
dekhiyo kranti
Post a Comment