Monday, January 10, 2011

किप्कासा बहुउद्देश्यीय सहकारी संस्था लि. दोस्रो बाषिर्क साधारणसभा सम्पन्न

किप्कासा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड किराञ्चोकको दोस्रो बाषिर्क साधारणसभा शनिबार किराञ्चोकमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राम्जीबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभामा एकीकृत नेकपा माओवादी धादिङका सह-इञ्चार्ज उत्तम कंडेलको प्रमुख आतिथ्य रहेको थियो । साधारणसभालार्इ सम्बोधन गर्दै प्रमुख अतिथि कँडेलले सहकारीले नै आधारभूत तहका जनताको जीवनशैली सहज बनाउने माध्यम भएको भएको थियो ।
साधारणसभामा एकीकृत नेकपा माओवादी धादिङका १२ नं। इलाका इञ्चार्ज सुर्यबहादुर तामाङ, किराञ्चोक गाउँ पार्टी इन्चार्ज उद्धब कार्की लगायतको उपस्थिति रहेको थियो । संस्थाले किराञ्चोकमा सुपथ मूल्य पसल र पशु औषधालय सेवा सञ्चालन गर्दै आएको छ । २ सय ९५ जना शेयर सदस्य रहेको यस संस्थासँग ४ लाख १६ हजार २०० रुपैयाँ शेयर पँूजी रहेको छ ।

1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।