Sunday, January 16, 2011

सामुदायिक रेडियो सारथीको परीक्षण प्रसारण शुरु

बागलुङ माघ २ । शान्ति सम्वृद्धि र समुन्नत समाजका लागि सामुदायिक रेडियो सारथी भन्ने नारा सहित ग्रामीण विकासका लागि साचार कार्यक्रमद्धारा सन्चालित सामुदायिक रेडियो सारथी १०७। दशमलव ४ मेगाहर्जले परीक्षण प्रशारण शुरु गरेको छ । बागलुङ जिल्लाको सदरमुकामदेखी ६५ किलोमिटर पश्चिम दगातुन्डाँडा गाविस वडा नं। ७ खर्वाङबाट रेडियो प्रशारण शुरु भएको हो ।
स्थानीय प्रतिभाको विकास कला संस्कृतिको सम्वद्र्धन समुन्नत समाजको परीकल्पना आन्तरीक पर्यटनको विकास शान्ति समानता र पहिचानका लागि रेडियो शुरु गरीएको स्टेशन मेनेजर विष्णु भुसालले बताए ।सुचना समाचार मनोरन्जनको साथी रेडियो सारथी १०७ दशमलव ४ मेगाहर्ज बागलुङको पश्चिम गुल्मी स्याङ्जा पाल्पा लगाएतका ठाउँमा सुन्न सकिने भुसालले जानकारी दिए ।
ग्रामीण भेगको कृषि वन पैदावारको संरक्षण संवद्र्धन गर्न उत्पीडन लैङ्गीक विभेद जातिय छुवाछुत तथा सामाजिक कुप्रथालाई अन्त्य गर्न रेडीयो सहायक हुने कार्यक्रम प्रमूख कृष्ण प्रसाद पोखरेलले बताए ।

परीक्षण प्रशारण शुरुवात कार्यक्रममा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र च्भ्म्ए अन्तर्गतको जिवीको पार्जन कार्यक्रमका सल्लाहकार आशीस रौनीयारले विकट क्षेत्रमा यो नेपालमै पहिलो रेडियो भएको भन्दै समुदायको कामलाई प्रशंसा गर्दै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । धौलाश्री समाचार डेस्क

1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।