धादिङ पौष ३ गते रेडियो बिहनी ९७.६ मेगाहर्जको सञ्चालक संस्था शहिद स्मृती सञ्चार सहकारी संस्था लिमिटेड धादिङको दोश्रो वाषिर्कक साधारण सभा आज धादिङबेशीमा सम्पन्न भएको छ । धादिङ उद्योग वाणीज्य संघको सभाहलमा सम्पन्न साधारण सभाको उद्घाटन शत्रमा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा धादिङ क्षेत्र नं. १ का सभाषद पुष्प विक्रम मल्लको प्रमुख आतिथ्य र शहिद स्मृती सहकारी संथाका अध्यक्ष उत्तम कंडेलको अध्यक्षता रहेको थियो। साधारण सभामा धादिङ क्षेत्र नं. २ की सभाषद कल्पना धमला, एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य वेदनिधि अधिकारी, धादिङका सह-इञ्चार्ज रामबहादुर भण्डारी, नेपाली काँग्रेस धादिङका शिवराज गिरी, नेकपा एमाले धादिङका शिवराज सापकोटा, उद्योग वाणिज्य महासंघ मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष ध्रुबबहादुर थापा, पत्रकार महा-संघ धादिङका सभापति सीतारामप्रसाद वर्मा, रेडियो मनकामनाका स्टेसन म्यानेजर प्रलाद पोखरेल, रेडियो लोकतन्त्रका कार्यकारी निर्देशक दिपक कोइराला, ग्रामिण सञ्चार सहकारी संस्था लिमिटेडका प्रतिनिधि कुलमान विश्वकर्मा, कृषी रेडियोका स्टेसन म्यानेजर सरोज पौडेल लगायतको आतिथ्य रहेको थियो । साधारण सभाको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि मल्लले अहिले नेपालमा राष्ट्रबादी र राष्ट्रघाती बीच लर्डाई चलिरहेको बताउनु भएको छ ।
शान्ति र संबिधानको निमित्त आफ्नो पार्टि सँधै निरन्तर लागि रहेको बताउँदै, शान्ति र संबिधान नबन्ने अवस्था अएमा आन्दोलनको आँधीबेहरी श्रृजना गर्नु पर्ने उहाँको भनाइ थियो । फेरीपनि विदेशी संग आत्म र्समर्पण गर्ने हो भने नेपाली भनेर बस्न नपाउने अवस्था आउने बताउँदै मल्ललेे, त्यस्तो अबस्था आउन नदिन समयमै संबिधान बनाउनु पर्ने बताउनु छ ।
सोही कार्यक्रममा बोल्दै धादिङ क्षेत्र नं. २ की सभाषद कल्पना धमलाले गरिव र र्सवहारा बर्गको पक्ष पोषण गर्ने माध्यम सहकारी भएकाले, शहिद स्मृती सञ्चार सहकरीले पनि जागरण पैदा गराउने र नागरिक स्तर सम्म सबै प्रकारका सुचना सम्प्रेशण गर्ने काम गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै अन्य अतिथिहरुले सहकारीको दोश्रो साधारण सभा सफलताको शुभकामना दिनु भएको थियो । साधारण सभा पश्चात भएको बन्द शत्रबाट संस्थाको कोषध्यक्षमा रामचन्द्र रेग्मी चयन हुनु भएको छ । कोषाध्यक्ष बाहेक अन्य कार्यसमिति भने यथाबत रहेको छ । सुचना, समाचार तथा विविध जागरणका कार्यक्रमहरु ल्याएर आम नागरिकको आवाज बोल्ने उद्देश्यले रेडियो बिहानी सञ्चालन गर्दै आएको संस्था अव देखि जिल्लाबाट प्रकाशन हुँदै आएको जनमुक्ति मार्ग साप्तहीक पनि प्रकाशन गर्ने भएको छ ।
1 comments:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
Post a Comment