Wednesday, May 18, 2011

आधार भुत सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न

धादिङबेसी जेष्ठ ५ / सहकारी डिभिजन कार्यालय धादिङ र जिल्ला विकास समिति धादिङको संयूक्त आयोजनामा एक हप्ते आधारभुत सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न छ । ८ जना महिला १८ जना पुरुष गरी २६ जना सहभागी उक्त तालिम धादिङबेसी स्थित नेपाल रेडक्रस सोसाइटी धादिङको  तालिहलमा संचालन गरीएको थियो ।
तालिममा लेखा राख्ने तरकिा, सहकारीका आधारभुत ज्ञान र प्रभावकारीता र सहकारी संचालनकाबारे सिकाइएको डिभिजन सहकारी कार्यालय धादिङले सहकारी सरोकारलाई जानकारी दिएको छ ।  । तलिमलाई प्रमुख जिल्ला अधिकारी भरत पौडेल , स्थानिय विकास अधिकारी शंकर नेपाल, डिभिजन सहकारी कार्यालय धादिङका प्रमुख रुद्र पौडेल, डिभिजन सहकारीकार्यालय धादिङका सहकारी निरिक्षक महेश्व ढकाल लगयतले सहजिकरण गर्नुु भएको थियो ।

1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।