Monday, January 10, 2011

आँखु महिला विकास वचत तथा ऋण सहकारी संस्थाको ५ औँ वार्षिक साधारणसभा शनिबार सल्यानटारमा सम्पन्न

आँखु महिला विकास वचत तथा ऋण सहकारी संस्था सल्यानटारको ५ औँ वार्षिक साधारणसभा शनिबार सल्यानटारमा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष बिन्दा सिलवालको अध्यक्षतामा सम्पन्न साधारणसभामा नेपाल वचत तथा ऋण सहकारी संस्थका केन्द्रीय सदस्य पार्वती राइको प्रमुख आतिथ्य रहेको थियो । साधारणसभामा सचिव लेखकुमारी बुर्लाकोटीले अर्थोपार्जन र कोषाध्यक्ष विन्दा सिलवालले आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
३ सय ६४ जना सेयर सदस्य रहेको संस्थामा १३ लाख ९२ हजार २ सय ५८ शेयर पुँजी रहेको सो अवसरमा जानकारी दिइएको थियो । साधारणसभाकै अवसर पारेर असल ऋणी ज्ञानु श्रेष्ठलाइ सम्मान पत्र र यसैवर्षको दिपावलीको अवसरमा आयोजना गरिएको देउसीभैलो कार्यक्रममा संस्थालाई सहयोग गर्ने स्थानीय १४ जनालाई प्रसंसा पत्रद्वारा सम्मानित गएकिो थियो ।

1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।